ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज कुशे औंशी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौं भदौं २२ । आज कुशे औंशी घर घरमा कुश भित्र्याउने बाबुको मुख हेर्ने तथा पितृ तर्पण दिदै मनाइदै छ । देव कार्य र पितृ कार्यका लागि अत्यावश्यक वनस्पति कुश काटेर घर घरमा भित्र्याउने गर्दछन् । । हिन्दू धर्मावलम्वी कुशलाई भगवान विष्णुको रुपमा पुजा गर्ने गर्छन् ।

वैदिक मन्त्रोच्चारणसहित उखेलिएको कुश पुरोहितहरुले यजमानका घरमा पुर्याईदिने चलन पनि रहेको छ । आजकै कुश घरमा हुने हरेक देउ कार्य र पृत्री कार्यमा प्रयोग गर्न गरिन्छ । पितृ औंशी पनि भनिने यस दिनमा बुवाको मुख हेर्ने तथा दिवंगत पितृहरुलाई तर्पण दिएर पनि यो पर्व मनाईदै छ ।

काठमाडौंको गोकर्णेश्वर, नुवाकोटको बेत्रावतीलगायत पवित्र तीर्थस्थलमा श्राद्ध गर्ने गरिन्छ । यसो गर्दा घर, मावली र ससुराली तर्फका तीन÷तीन पुस्ताका पितृले मोक्ष पाउने धार्मिक विश्वास छ ।

हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *