ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पिएनजीसँग नेपालको अग्नि परिक्षा आज, यस्तो छ नेपाल र पिएनजीको यस अघिको भेट

काठमाडौं भदौ २२। ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्मक शृखंलाक खेल्न ओमानमा रहेको नेपाली टोलीले पपुवा न्युगिनी (पिएनजी) सँग आज पहिलो अभ्यास खेल्दै छ । वर्षा मौसमका कारण नेपालमा यथेस्ट अभ्यास गर्न नपाएको नेपालले शृंखलालाई लक्ष्य राखेर पिएनजीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।

वर्षा याममा योजनाबद्ध तरिकाले अभ्यास गर्न नपाएको नेपाल केही दिन अगावै ओमान गएर अभ्यास गरिरहेको छ । आयोजक ओमान, अमेरिका र नेपाल सम्मिलित शृंखलाको तयारीका लागि आज नेपालले पिएनजीसँग पहिलो अभ्यास खेल्न लागेको हो । राजीनामा दिइसकेका प्रशिक्षक ह्वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय भ्रमण गरेको हो । सोही हिसाबले पनि प्रशिक्षक परिक्षाको रुपमा लिइएको छ ।

अहिले टोली लामो अनुभव भएका खेलाडी पारस खड्का विना शृंखला खेल्न लागेको छ । अधिकांस युवा खेलाडीको बाहुल्यता रहेको टोलीबाट नेपालले विश्व क्रिकेट लिग डिभिजन टु मा प्रतिस्पर्धा गर्दै छ । यस अघि घरेल मैदानमा भएको अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अन्तर्राष्ट्रिय भ्रमण सिद्ध गर्ने मौका पनि रहेको छ । लिगका सबै खेलमा सुखद लक्ष्य निकाल्ने लक्ष्यका साथ नेपाली टोली दुई सात अघि ओमान प्रस्थान गरेको हो ।

नेपाल र पिएनजीबीच नेपालले एक दिवसीय मान्यता पाएपछि पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । त्रिकोणात्मक सिरिजको तयारी स्वरुप हुने पपुवा न्युगिनीसँगको खेल नेपाललाई आफ्नो कमीकमजोरी सुधार्ने खेलको रुपमा हेरिएको छ ।

कोरोना महामारीका कारण तय भएका केही प्रतियोगिता आयोजना हुन नसक्दा नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । यस अघि नेपाल र पीएनजीले एकदिवसीय फम्र्याटमा भने ४ खेल खेलेको छ । जसमा नेपालले एक खेल मात्र निकाल्न सकेको छ । नेपालले पहिलो पटक २००५ मा विश्वकप छनोट डिभिजन–२ मा प्रतिस्पर्धा गरेको थियो । दोस्रो पटक २०१५ मा आईसिसी विश्व क्रिेकट लिग च्याम्प्यिनसिपमा दुई खेल खेलेको छ ।

दुबै खेलमा नेपालले नतिजा सुम्पिएको छ । त्यसपछिको भेट भने सन २०१८ को मार्चमा भएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि सुखद नतिजा निकालेका थियो । नेपालले उक्त खेलमा ६ विकेटको जित निकालेको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *