ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सोमबार दशककै बढि बर्षा

काठमाडौं, भदौं २१ । काठमाडौंमा सोमबार दशककै सवै भन्दाँ धेरै बर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सन २००८ पछिकै सवै भन्दाँ धेरै बर्षा भएको जनाएको हो ।

२००८ सेप्टेम्बर १२ मा ८४.३ मिलिमिटर पानी परेको रेकर्ड गरेको मौसम पूर्वानुमान महाशाखाले सोमबार त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा बिहान १२१.५ मिलिमिटर वर्षाको रेकर्ड गरेको छ । लगातारको वर्षाले उपत्यकाका सवै नदीहरुमा पानीको वहाव उच्च भएको थियो । बाग्मती, विष्णुमति, इच्छुमति, धोबीखोला, बल्खुखोला, मनोहरा खोला, सामाखुशीखोला लगायतका नदीहरुमा बाढीको बस्तीमा पस्दा जनजिवन प्रभावित बन्यो । नदिमा आएको बाढीका कारण कालीमाटी, शोभा भगवती, थापाथली, बोहोराटार, गोंगबु, मैतीदेवी, रातोपुल क्षेत्र पूरै डुबानमा परे । त्यसमाथी नदि किनारमा रहेका सुकुम्बासी बस्तीमा अझ कन्त बिजोग भएको छ ।

यस्तै अविरल बर्षाका कारण आएको पहिरोमा परी रोल्पा नगरपालिका-१० धबाङमा दुई जनाको मृत्यु भएको छ । बिहान २ बजे खसेको पहिरोले घर पुरिदा ६७ वर्षिय गौसरी थापा र ६ वर्षिय हिमाल रोकाको मृत्यु भएको हो । पहिरोमा परी भिमकुमारी थापा र मनबहादुर रोका घाइते भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन भारी बर्षाको संभावना रहेको जनाको छ । यस्तो अवस्थामा गृहमन्त्री बालकृष्ण खाडले बाढी प्रभावित जिल्लाको अवस्थाको बारेमा जानकारी लिएका छन् भने काँग्रसको बाढी–पहिरो विपद् व्यवस्थापन समितिका संयोजक मोहन बहादुर बस्नेत सहितको टोलीले स्थलगत अवलोकन गरेको छ ।

अवलोकन पछि तत्काल राहत व्याकेज घोषणाका लागि सरकारसंग पहल गर्ने आस्वासन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *