ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विवेकशिल साझा फुटको संघारमा, पाण्डे पक्ष मिश्रको प्रस्ताव कुनै हालतमा नमान्ने पक्षमा हुदाँ पेलेरै जाने मिश्र पक्षको तयारी

काठमाडौं, भदौं २१ । नेपाली राजनीतिमा टुट र फुट सामान्य जस्तै बनेको छ । नेकपा विभाजन पछि एमाले दुई भागमा विभक्त हुदाँ मदेश कन्द्रित दल पनि दुई पार्टी बनीसकेका छन् । ठूला देखी साना दलसम्म फुटको संघारमा पुग्दा आफुलाई बैकल्पिक शक्तिको दावी गर्दैं आएको विवेकशिला साझाँको अवस्था पनी उस्तै छ । स्थापनाको छोटो अवधीमा नै विभाजित भएर पुन जुटेको यो दलभित्र राजनीतिक मार्गचित्र तथा दस्तावेजमा असहमति हुदाँ पछिल्लो समय तिब्र विवाद बल्झिएको मात्र छैन पार्टी नै विभाजनको संघारमा पुगेको छ ।

पार्टी संयोजक रविन्द्र मिश्रले संविधान विपरित संघियता तथा धर्म निरपेक्षताका विषयमा फरक धारसहितको प्रस्ताव सार्वजनीक गरेको भन्दैं संयोजक मिलन पाण्डे सहितको असन्तुष्ट समुहले काउन्टर प्रस्ताव सार्वजनीक गर्यो ।

पार्टी भित्र छलफल नै नगरी आएका यस्ता प्रस्तावले पार्टी विभाजनको रेखा कोरेको छ । संयोजक पाण्डे समुह पार्टी र संविधान विपरित आएको प्रस्ताव कुनै हालतमा नमान्ने वरु पार्टी नै विभाजन स्विकार गर्ने पक्षमा देखिएको छ । अध्यक्ष मिश्रले पार्टी विभाजनको रेखा कोरेको पाण्डे पक्षका केन्द्रिय सदस्य हरिस भट्टको दावी छ ।

पार्टी नेतृत्व विच टकराव उत्पन्न हुने गरी सार्वजनीक भएका प्रस्ताव र एक ले अर्कोलाई निषेधको वातावरण बन्दा समेत नेताहरु यसलाई लोकतान्त्रिक पार्टीको चरित्रका रुपमा व्याख्या गर्दै आएका छन् । त्यसमाथी बेग्ला बेग्लै केन्द्रिय समितिको बैठक बसेर समानान्तर कृयाकलाप समेत पार्टी भित्र सुरु भइसकेको छ ।

मिश्र पक्षसंग बहुमत केन्द्रिय सदस्य रहेका कारण भरसक पाण्डे पक्षलाई सहमति गराउने नभए पेलेरै जाने पक्षमा देखिएको छ ।अधिकांस केन्द्रिय सदस्य अध्यक्षको प्रस्तावक पक्षमा रहेको पार्टीको छलफलबाटै आधिकारीक लाईन बनाउने मिश्र पक्षका केन्द्रिय सदस्य शरदराज पाठक बताउछन् । आफुलाई वैकल्पिक शक्ति दावी गर्ने र जनाताका समस्याका विषयमा खरो उत्रने दावी गर्दैं आएको विवेकशिल साझाँ एका एक वैचारीक विभाजनमा प्रवेश गरेको हो ।

यसरी पार्टी औपचारीक फुटको संघरमा पुगेका समयमा पाण्डे पक्षका सचिवालय सदस्य केशव दाहाललेमध्यमार्गी प्रस्ताव प्रस्तुत गरेका छन् । दुवै विषयमा बाहिरै छलफल गरेर अघि बढ्ने अथवा दुवैले नयाँ नेतृत्व छाडेर नयाँ नयाँ आउनु पर्ने प्रस्ताव दाहालको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *