ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेशनल हेल्थ समिट-२०२१ असोज ९ गते हुदै

काठमाडौं, भदौ २० । नेपाल मेडिकल एशोसिएसन एनएमएले ‘नेशनल हेल्थ समिट-२०२१’ आयोजना गर्ने भएको छ । समिटले नेपालको स्वास्थ्यप्रणाली सुधार गरी कोरोनासहित यसखालका महामारीको सामना गर्न टेवा पुर्‍याउने जनाइएको छ ।

नेपाल मेडिकल एशोसिएसन एनएमएले ‘नेशनल हेल्थ समिट २०२१’ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एनएमएले ब्राण्ड वर्थ प्रालिको सहकार्यमा असोज ९ गते शनिबारका दिन ‘प्यान्डेमिक प्रिपियर्ड नेशनल इन नेपाल’ पहिलो नेशनल हेल्थ समिट गरिने जानकारी दिएको हो ।

नेपालको स्वास्थ्यप्रणाली सुधार गर्दै जारी रहेको कोरोना महामारी र आगामी दिनमा आउनसक्ने यस्तै स्वास्थ्य संकट सामना गर्न समिटले सहयोग गर्ने एनएमएका अध्यक्ष डा.लोचन कार्कीले बताए । सुरुमा प्रत्येक दुइ बर्ष र पछि ३ बर्षमा हुनेगरेको कन्फेरेन्स यो बर्ष नयाँ सोचका साथ गरिने एनएमएले बताएको छ । ५ वटा मोडल तयार गरिएको समिटले चिकित्सक र आम नागरीकलाई सहयोग पुर्‍याउने नेपाल हेल्थ रिसर्च काउन्सिलका पूर्व कार्यकारी प्रमुख प्रा.डा.अन्जनीकुमार झाले बताए ।

उक्त समिटको समापनपश्चात वैज्ञानिक रुपमा प्रस्तुत गरिएका कार्यपत्र, छलफल र निचोडलाई एकिकृत गरी कुनैपनि प्रकृतिको स्वास्थ्य संकटविरुद्ध लड्ने रणनीति तय गरिने नेपाल मेडिकल एशोसिएसनले बताएको छ ।

समिटको तयारी तीब्र पारिएको भन्दै एनएमएले चिकित्सक, स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था र सरोकारवाला सबैमा सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *