ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पशुपतिमा १ सय ७३ तोला सुन गायब: संरक्षण गर्न बसेको कोष भन्छ हो सुन गायब भएको छ ।

काठमाडौं, भदौ २०। पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन गायब भएको महालेखा परिक्षकको प्रतिवेदनले बताएको छ । पशुपतिनाथ मन्दिरसहित पाशुपत क्षेत्र व्यवस्थापनको जिम्मा पाएको पशुपति क्षेत्र विकास कोष जिम्मेवारी र जवाफदेही नभएको देखिएको छ । आफ्ना सम्पदा/सम्पत्तिको संरक्षण गर्नल नसकेको कोषले १ सय ७३ तोला सुन गायबको कारण पनि खुलाउन सकेको छैन् ।

पाशुपत क्षेत्रको गुह्यश्वेरी मन्दिरभित्रका मूर्तिहरुबाट सुन गायब भएको महालेखा परिक्षकको प्रतिवेदनले बताएको छ । २०५७ सालमा अष्टदल र भैरवको मूर्तिमा जडान गरिएको ७१३ तोला सुन र १३३.३९४ किलो चाँदीको मोलम्बा मा प्वाल परेको जानकारी २०६७ भदौ ५ गते नै पाए पनि कोषले आर्थिक वर्ष २०७५/०७६ मा आएर मात्र मर्मतको काम सुरु गर्‍यो । अहिले ती दुई मूर्तिबाट अष्टदेवल मूर्ती बाट ८५ तोला र भैरवको मूर्तीबाट ८८.५ तोला गरि कुल १७३.५ तोला सुन गायब भएको छ । भने चाँदी समेत नखुलेको पाईएको छ ।

महालेखा परीक्षकका प्ररवक्ता नेत्र प्रसाद पौडेलले भने धेरै समयदेखि पशुपति क्षेत्र विकाश कोषको वेथिति बाहिर आएको थिएन हाम्रो प्रतिवेदनले वेथितिमा ध्यानाकर्षण गराएको हो । कोषले मर्मतका लागि किनेको सुन/चाँदीको परीक्षण पनि नगरेको तथा मूर्तीहरु १० वर्षमा नै कमसल भैसकेकोमा तत्काल मर्मत सम्भारको काम पनि नगरेको, र मर्मत गर्नुपर्ने उल्लेख भएको ८ वर्ष पछी मर्मत कार्यको लागि फिल्डको वस्तु स्थिति परीक्षण गर्दा २ मूर्तिमा १७३.५ तोला सून घटी भएको महालेखाले बताएको छ ।

खियाले नै सकेको भएपनि मुलतः कोषको लापरबाहीका कारण ती मूर्तिबाट हालको मूल्य अनुसार १ करोड ५७ लाख ८९ हजार रुपैयाँको सुन क्षयीकरण भएको छ । सो मूर्ती मर्मत गर्न ९४.५२ तोला सुन र चाँदी समेत १ करोड १२ लाख ८४ हजार १ सय ५० को खरिद गरेको र जसमा मर्मत ज्याला रु २५ लाख गरि कुल १ करोड ३७ लाख ८४ हजार १ सय ५० को खरिदमा २०७५/७६ र २०७६/७७ मा खर्च गरेको छ । मर्मत कार्य भने हाल सम्म पनि सम्पन्न नभएकाले खर्च थप बढने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

यसले कोषका कुनै पदाधिकारी जवाफदेहीता र जिम्मेवारी नभएको प्रतिवेदनले बताएको छ । कोषले सुन र चाँदीबाट मूर्ति मर्मत गर्न प्रतिस्पर्धा पनि नगराई एउटा निजी कम्पनीलाई जिम्मा दिएको छ । पशुपति क्षेत्र विकाश कोषले भने के कति कारणले सुन गायब भएको किन मर्मत समयमा नभएको भन्ने जवाफमा देशको राजनैतिक कारण भुकम्पको महामारी, कोरोना जस्ता समस्या भएको बताएको छ ।

कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले भने हो सुन फेरेको हो, र सुन कम भएको पनि हो यसलाई पुष्टी गर्न हामी लागिरहेका छौं छानबिन समिति गठन गरेर यसलाई पुष्टी गर्ने प्रतिवेदन छिट्टै सार्वजनिक गर्छौं । उनले भने कोषले तयार पारेको मुचुल्का अनुसार फूल, रंग र अक्षताका कारण खियावट भएर त्यतिका सुन हराएको पाईएको छ । महालेखा परीक्षककको प्रतिवेदन अनुसार खियावटबाट भएको नोक्सानी, खिया लाग्दा निस्केको अवशेषको टुक्रा, पत्रुको स्थिति यकिन गरेर आगामी दिनमा पुनः यस्तो समस्या नआउने गरी अष्टदल तथा भैरवको मूर्ति प्रतिस्थापन कार्य सम्पन्न गर्नुपर्छ तर कोषबाट त्यसको कुनै मापदण्ड पालना भएको छैन् ।

कोषसंग वि. स २०१९ देखि २०७५ सम्म सुन ६३.१४४ किलोग्राम र चाँदी १ हजार ५०१.३८५ किलोग्राम मूल ढुकुटिमा दाखिला भएको छ । त्यस भन्द अघिको विवरण प्राप्त नभएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *