ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो समय संक्रमण पुष्टि हुने भन्दा निको हुने संख्या बढ्दो

काठमाडौं, भदौ २० । स्वास्थ्य मन्त्रालयका अनुशार देशभरबाट १ हजार ५ सय ३४ थपिएर हालसम्म निको हुने संख्या ७ लाख २७ हजार १ सय ८५ पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९४ दशमलब ५ प्रतिशत हो ।

मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट ७ हजार ९ सय ७१ नमूना परीक्षण गर्दा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १० हजार ८ सय ३८ जना रहेका छन् ।हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ दशमलव ५ रहेको छ ।

मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा देशभर संक्रिय संक्रमित संख्या ३१ हजार २ सय ४८ जना रहेका छन् । भने क्वारेन्टिनमा २ सय ६६ जना रहेका छन् । देशभर आइसियुमा ५ सय २३ र भेन्टिलेटरमा १ सय ६२ जना उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *