ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा एकिकृत समाजवादीले तोक्यो ६ वटा प्रदेश इन्चार्ज, राजनीतिक प्रतिवेदन लेखनको जिम्मा खनालाई

काठमाडौं भदौं २० । नेकपा एकिकृत समाजवादी पार्टीले६ वटा प्रदेशको प्रदेश इञ्चार्ज तोकेको छ ।
नेकपा एमालेबाट विभाजन पछि बनेको नयाँ समाजवादी पार्टीले छ वटा प्रदेश प्रमुख तोक्दैं स्थायी कमिटी, सचिवालय सदस्य चयन गरेको हो । प्रदेश १ को इञ्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश २ इञ्चार्ज धर्मनाथ साह र बागमती प्रदेश इञ्चार्जमा केदार न्यौपानेलाई जिम्मा दिएको छ भने गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेश इञ्चार्जमा भागवत विश्वासी र कर्णाली प्रदेश इञ्चार्जमा प्रकाश ज्वाला इञ्चार्ज बनेका छन् ।
तेस्तै उपत्यका विशेष प्रदेश इञ्चार्ज विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश इञ्चार्ज विजय गुरुङ, मोर्चा इञ्चार्ज डा. विजय पौडेल छन् । डा. विजय पौडेलले प्रचार विभाग प्रमुख तथा श्रीप्रसाद शाहले प्रवास इन्चार्जको जिम्मेवारी पाएका छन् ।
बेदुराम भुषालको नेतृत्वमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ सहितको सचिवालय गठन गर्दाँ तुलाधरलाई पार्टीक कार्यालयको सचिवको जिम्मेवारी दिएको छ । अदालत र निर्चाचन आयोग सम्बन्धी काम गर्ने जिम्मा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीले पाएका छन् भने संसद साम्मवन्धी कामको जिम्मा विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरीलाई तोकिएको छ । तेस्तै वरिष्ठ नेताझनाथ खनालको नेतृत्वको समितिले राजनीतिक प्रतिवेदन लेखन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *