ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम: सामान्य बदली, राती भने भारी बर्षा

काठमाडौं भदौं २० । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट सामान्य बदली रहने जनाएको छ ।

हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनी न्यून चापिय रेखा (Monsoon trough) नेपालको तराई भु-भाग भन्दा केही तल रहेको महाशाखाको भनाई छ ।

हाल देशभर आन्शिक देखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरूमा तथा बाँकी प्रदेसहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

दिउसो  देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको महाशाखाले राती  प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *