ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

थोरै समयमा धेरै खोप लगाएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले बधाई

काठमाडौं , भदौ १९ । नेपालले छोटो समयमा धेरै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सकेकोमा विश्व स्वास्थ्य संगठनले बधाई समेत दिइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ करोडभन्दा बढी नागरिकले पहिलो र दोश्रो मात्रा खोप लगाइसकेका छन् ।

स्वास्थ कार्यलय काठमाडौंका प्रमुख बद्री बहादुर खड्काका अनुसार देशभरका कतिपय जिल्लाहरुमा पुर्णमात्रा खोप लगाउनेमा मनाङमा ५७ प्रतिशत, मुस्ताङमा ५ प्रतिशत, रसुवामा ४६ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र काठमाडौमा ४० प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्णमात्रा खोप लगाइसकेका छन् ।

बागमती प्रदेशमा २९ प्रतिशत नागरिकले पुर्ण खोप लगाइ सकेका छन । प्रदेश १ मा १० प्रतिशत , प्रदेश २ मा ७ प्रतिशत , गण्डकी प्रदेसले १७ प्रतिशत , लुम्बिनी प्रदेशले १६ प्रतिशत , कर्णाली प्रदेशले १२ प्रतिशत र सुदूरपश्चिम प्रदेशले १५ प्रतिशत पुर्णमात्रा खोप लगाइसकेका छन् ।

यी बाहेक अन्य जिल्लामा ४० प्रतिशत भन्दा कम नागरिकले पुर्ण खोप लगाइसकेका छन् । पुर्ण खोप लगाउने जिल्लामा मनाङ पहिलो र काठमाडौ पाचौं नम्बरमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *