ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

खुल्यो ट्रायल, ५ लाख धेरै सेवाग्राहीको प्रतिक्षा: कसकसले दिन पाउने त?

काठमाडौं, भदौ १९ । भदौ २० गते आईतबारबाट सवारी चालक अनुमति पत्रको परीक्षा सञ्चालन हुने भएको छ । लिखित परीक्षा दिएर ट्रायल दिन बाँकी सेवाग्राहीका लागि ट्रायल सञ्‍चालन गर्न लागेको यातायात व्यवस्था विभागले बताएको छ । सबै यातायात व्यवस्था कार्यलयहरुलाई तयारी भई ट्रायल सन्चालन गराउने सहमतिमा भएको छ ।

गत भदौ १० मा कोभिड – १९ संक्रमणको विशेष अवस्थामा सवारी चालक अनुमति पत्रसम्बन्धी मापदण्ड जारी गरेपछि ट्राय खुलाउन आफूहरुको तर्फबाट सबै तयारी पुरा गरेको यातायात व्यवस्था कार्यलयहरुले बताएका छन् । यातायात व्यवस्था कार्यालय – सवारी चालक अनुमतिपत्रका लागि एकान्तकुना ललितपुर, जगाती भक्तपुर, ठूलो भर्‍याङ स्वयम्भू लगायतले तयारी थालेका छ न्। अनलाइन फाराम भरेर पनि र ४ लाख भन्दा धेरै सेवाग्राहीले ट्रायल दिन नपाउँदा नयाँ आवेदक प्रतीक्षामा छन् ।

रि ट्रायलको पर्खाईमा रहेका, फारम भरेर परर्खाईमा बसेका फारम भरेर वैदेशिक रोजगारीमा जानेहरुका लागि प्राथमिकता निर्धारण गरि मापदण्ड पालना गरि ट्रायल सन्चालन हुने साथै पुरानै निर्देशिका अनुरुप फाराम भरेकालाई भने पुरानै व्यवस्थामा ट्रायल गराउन आफूहरुले विभागलाई पत्राचार गरेको यातायात कार्यलय ठूलो भर्याङका कार्यलय प्रमुख सन्जय थापा बताउँछन् । नयाँ आवेदन खुलाउनेबारेमा भने टुंगो लागेको छैन् ।

पुरानो मापदण्डमा महामारी सुरु भएको बिचमा पनि दैनिक ३ सय बराबर ट्रायल भएको ठूलो भर्याङमा नयाँ मापदण्डअनुसार अलि प्रक्रिया झन्झटिलो भएका कारण आफूहरुले जम्मा ५० जना दिनको ट्रायल गराउन लगेको उनले बताए । यसरी नै यहि प्रविधिमा ट्रायल भयो भने १ महिना भित्रमा ट्रायल दिनुपर्ने परिक्षार्थी १ वर्ष पछी धकेलिने भन्दै कार्यलयको गुनासो छ ।

नयाँ निर्देशिका अनुरुप A, K र B मा लागु हुनेछ भने यो बाहेक अन्य क्याटागोरिमा पुरानै व्यवस्था कायम रहनेछ । परीक्षार्थीहरूले परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि परीक्षार्थी स्वयमले अनिवार्य रुपमा मास्क, स्यानिटाईजर र आफ्नो पिउने पानीको व्यवस्था गर्नुपर्नेछ । परीक्षा सुरु हुनु १५ मिनट अगाडि मात्र परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने छ । परीक्षार्थीहरू परीक्षा केन्द्रमा समूह बनाई भेला नहुने भनिएको छ । परिक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा संचालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराईनेछ ।

यसरी परीक्षा सञ्‍चालन गर्दा एक सिफ्टमा बढिमा ५० जना परिक्षार्थीलाई मात्र सहभागी गराईने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *