ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

परीक्षणकालीन सवारी लाइसेन्स वितरण सुरु

काठमाडौं, भदौ १८ । यातायात व्यवस्था विभागले परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाईका कारण सवारीचालक अनुमति पत्र (लाइसेन्स) लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताका कारण त्यसको विकल्पमा विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नवीकरणका लागि आवेदन दिएका चालकलाई अस्थाई रुपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ ।

लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स विभागले दिनेछ । अहिले स्मार्ट लाइसेन्स लिनका लागि करिब ७ लाख सेवाग्राही महिनौ दिनदेखि लाइनमा छन् ।

कोरोना महामारीका कारण विदेशबाट कार्ड ल्याउन नसकेकोले छ सात महिनादेखि लाइसेन्स वितरण गर्न नसकेको भन्दै अबको दुई महिनाभित्र वितरण गरिने हुँदा अबको एक, डेढ महिनाभित्र १४ लाख स्मार्ट कार्ड आउन लागेको जानकारी विभागले दिएको छ ।

पहिलो चरणमा आवेदन दिएकाहरूको मात्र लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने विभागले दिएको छ । नयाँको लागि आवेदन खोल्न भने अझै केही महिना लाग्ने विभागले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *