ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाको तेस्रो लहर सुरु हुदैं गर्दा: सबै स्थानहरु खुल्ला

काठमाडौं, भदौ १८ । विज्ञहरुले कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेको बेला सरकारले सबै क्षेत्र खुला गरेको छ ।

परिक्षणको २० प्रतिशतसम्म संक्रमण पुष्टि भैरहदा देशका २० जिल्लामा अहिले पनि ५ सय भन्दा बढी संक्रिय संक्रमित छन । यो अवस्थामा सबै क्षेत्र खुला हुदा चाडपर्वको बेला संक्रमण पुन बल्झिने विज्ञहरु बताउछन । विज्ञहरुले असोजबाट कोरोनाको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहदा सरकारले सबै क्षेत्र खुलाउदै गएको छ ।

प्रयाप्त तयारी नहुदा दोस्रो लहरमा नेपालले ठुलो मानवीय क्षति ब्यहोर्नु परेको थियो । दोस्रो लहर मत्थर हुदै गएको बताइएनि परिक्षणको २० प्रतिशतसम्म अहिले पनि संक्रमण पुष्टी भैरहेको छ भने दैनिक मृत्यु संख्या पनि उल्लेख्य रहेको छ ।

भारतको केरल राज्यमा परीक्षण गरेकामध्ये ५० प्रतिशत भन्दा बढीमा संक्रमण पुष्टि भईरहेको छ । यसलाइ तेस्रो लहरको संकेतका रुपमा हेरिदै गर्दा नेपालले भारतसंग जोडिएका सबै सिमाना खुला गरेको छ । संक्रमणदर उच्च रहेकै बेला सिमा लगायत सबै क्षेत्रमा खुला गरिदा तथा स्वास्थ्य मापदण्ड पालनामा बढेको हेलचक्राइले जोखिम कायमै रहेको स्वास्थ्य मन्त्रालय आफै स्विकार्छ ।

तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने बताइए पनि उचित तयारी हुन सकेको छैंन । उपचारका लागि बालमैत्री संरचना, अस्पताल र विज्ञ चिकित्सक समेत कमी रहेपनि प्रयाप्त तयारी नभएको जानकारहरु बताउछन । १८ बर्ष माथिका नागरीकमा खोपको पहुच विस्तार भएपनि त्यस भन्दा तल्लो उमेर समुहका लागि खोप सुनिश्चित हुन सकेको छैंन ।

महिनौ बन्द रहेका विद्यालय सन्चालनको तयारी भैरहदा संक्रमणको जोखिम बढेको छ । तेस्रो लहरका लागी तयारी नगर्ने हो भने दोश्रो लहर भन्दा भयावह अवस्था आउन सक्ने विज्ञहरुको चेतावनी छ ।

नेपालमा खोप लगाउनु पर्ने जनसंख्या २ करोड १७ लाख रहेकोमा हालसम्म १ करोड भन्दा धेरै नागरीकले पहिलो र दोश्रो मात्रा खोप लगाईसकेका छन् । तर अबको लहरमा उच्च जोखिममा रहेको उमेर समुहका लागि खोप प्रबन्ध हुन नसक्नु तथा सबै क्षेत्र खुला हुदै गएकोले सरकार गम्भिर हुनुपर्ने बेला आएको विज्ञहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *