ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २००४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं, भदौ १७ । स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट १४ हजार ६ सय ५० नमूना परीक्षण गर्दा २ हजार ४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १० हजार ७ सय ७६ जना रहेका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संखया १ दशमलव ५ रहेको छ । मन्त्रालयका अनुशार पछिल्लो चौबीस घण्टामा १ हजार ८ सय ४६ थपिएर हालसम्म निको हुने संख्या ७ लाख २१ हजार १ सय ८२ पुगेको छ ।

कूल संक्रमितमध्ये निको हुने दर ९४ दशमलब २ प्रतिशत हो । देशभर संक्रिय संक्रमित संख्या ३३ हजार ९ सय ४६ जना रहेका छन् । भने क्वारेन्टिनमा ३ सय २जना रहेका छन् । देशभर आइसियुमा ५ सय ४४ र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।

हालसम्म पहिलो मात्रा डोज खोप लगाउने संख्या ५४ लाख २५ हजार ८ सय ८८ जना र पुर्ण मात्रा खोप लगाउने ४६ लाख ७७ हजार ९ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *