ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महानगरीय ट्राफिक प्रहरीको क्युआर: जरिवाना भुक्तानी मोबाईलबाटै

काठमाडौं, भदौ १७ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्यूआर पे मार्फत् ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको छ ।

महाशाखाले बिहीबार काठमाडौंमा आयोजित क्यूआर पेमेण्ट कार्यक्रमको शुभारम्भ गर्दै शुक्रबार देखि लागू हुने गरी कारबाहीमा परेका सवारी साधनका चालकहरूले ट्राफिक प्रहरीको चिटमा छापिएका क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्न सक्ने व्यवस्था सुरु गरेको हो । ट्राफिक प्रहरी अब कारबाही गर्दा डकुमेण्ट नै लिनु नपर्ने प्रविधि विकास गर्न लागिरहेको महाशाखा प्रमुख जनक भट्टराईले जानकारी दिए।

क्यूआर कोडमार्फत् आफैं भुक्तानी गर्न मिल्ने व्यवस्था केही दिनका लागि ग्लोबल आईएमई बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने र २र४ दिनमै अन्य ५० भन्दा धेरै बैंक तथा प्रविधिमैत्री बन्दै गएपछि देशभरमा रहेका सबै बैंकबाट कारबाहीको रकम भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात हुने महानगरिय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *