ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिसडोलको सडक बनाउन सुरु १५ दिनमा सडक निर्माण हुने

काठमाडौं, भदौ १७ । काठमाडौँ उपत्यकामा केही दिनदेखि थुप्रिएको फोहोर बुधबारबाट उठ्न थालेको छ । फोहोर उठ्न थालेसँगै सिसडोल ल्यान्डफिल साइटमा सडक निर्माण प्रक्रिया सुरु भएको छ । नुवाकोटको ओखरपौवास्थित सिसडोलको ल्यान्डफिल साइट पुग्ने सडक मर्मतका लागि अर्थ मन्त्रालयले १ करोड ७० लाख खर्च गर्ने सहमति दिएसंगै काम सुरु गरिएको काठमाडौं सडक डिभिजन कार्यलयले बताएको छ ।

काठमाडौं उपत्यकामा महिनौदेखी नउठेको फोहोर विभिन्न निकायसंगको आपसी समन्वयमा बुधबारदेखि फोहोर उठाउन शुरु गरेको छ । सडकको अवस्था राम्रो नभएकाले फोहोर बोकेर गएका सवारीलाई ल्याण्डफिल साइटमा पुगेर फोहोर व्यवस्थापन गर्न असहज भएको भन्दै यसैको सहजीकरण गर्न सरकारले सडक विभागलाई विशेष परिस्थितिका लागि भन्दै ओखरपौवास्थित सिसडोलको ल्यान्डफिल साइट पुग्ने सडक मर्मतका लागि १ करोड ७० लाख खर्च गर्ने सहमति दिएसंगै सडक निर्माण कार्य सुरु भैसकेको काठमाडौं सडक डिभिजन प्रमुख कुवेर नेपालीले बताए । सो सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालय, काठमाडौँलाई दिइएको छ ।

डिभिजन कार्यालयले निर्माण प्रक्रिया अगाडि बढाइसकेको छ । सिसडोल ल्यान्डफिल साइट सीमा क्षेत्रभित्र पर्ने आन्तरिक सडकहरू निर्माण गरिने र साइटमा जहाँदेखि फोहोर राख्न सुरु हुन्छ त्यहाँदेखि लिएर अन्त्यसम्मको झण्डै अढाई सय मिटर सडक निर्माण हुने सडक डिभिजनले बताएको छ । महानगरले साईट व्यवस्थापन गर्न नसकी सडकमै फोहोर फालेको कारणले सडक पनि बिग्रिएको हुँदा यस्तो समस्या देखिएको डिभिजनले बताएको छ ।

निकाशा भएको बजेटले अब फोहोरमाथी अस्थायी प्रकृतिको सडक निर्माण गर्ने डिभिजनले बताएको छ । अनुमानित १५ दिनमा सडक निर्माण हुनेछ । डिभिजनले पहिलानै अहिलेको साईटबाट नयाँ साईटतर्फ करिब साढे २ किलोमिटर सडक आफूहरुले १ वर्ष पहिला नै उपयुक्त समयमा निर्माण सम्पन्न गरेर जिम्मेवारी लगाईएको बताएको छ । दिर्घकालिन सडक समस्या समाधानको लागि सर्भे सुरु भएको डिभिजनले जानकारी दिएको छ ।

उपत्यकामा हाल सयभन्दा बढी ट्रक र त्यसका जनशक्ति परिचालन गरि फोहोर उठाउने काम भएको छ । बढीमा दुईरतीन दिनभित्र सबै फोहोरको व्यवस्थापन पूरा हुनेछ महानगरले बताएको छ । तर डिभिजन कार्यलयको सडक मर्मत गर्न लाग्ने अनुमानित समयअनुसार नियमित रुपमा फोहोरको सहि व्यवस्थापन गर्न १५ दिन भन्दा धेरै समय लाग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *