ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पहिरोमा परी ३ जनाको मृत्यू एक जना वेपत्ता

काठमाडौं, भदौं १७ । कास्कीको पोखरा २० भलाममा गएको पहिरोका कारण तीन जनाको मृत्यू भएको छ । गए राति पहिरोले स्थानीय ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी श्रीमती ३५ वर्षीय सुनमाया तामाङको मृत्यु भएको छ भने उनीहरूका ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन्।

यस्तै, पहिरोले पुरिएर पोखरा-११ काहुँभञ्ज्याङका ४२ वर्षीय लक्ष्य नेपालीको पनि मृत्यु भएको छ। पहिरोमा पुरिँदा नेपालीकी छोरी सृष्टि नेपाली घाइते भएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *