ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्षको निधन


सुनसरी,भदौ १७ l सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ l

उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए l

चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए।चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन्।वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *