ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं,भदौ १७ । विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै आज बस्ने भएको छ

अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन्। अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस,उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ।

यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि,पार्टीको विधान,पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा,एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरिएको छ।

अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *