ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजको मौसम: प्रदेश एक र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा

काठमाडौं भदौं १७ । आज देशभरको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *