ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतसंगको मैत्रिपूर्ण खेल आज, जित्नकै लागि मैदान उत्रने नेपालको दावी

काठमाडौं भदौं १७ । साफ तयारीमा रहेको नेपाली फुटबल टोलीले  पाहुना टोली भारतसँग आज पहिलो मैत्रिपूर्ण खेल खेल्दै छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साँझ ५:३० बजे हुदैं छ ।

चिरपरिचित टोली भएपनि दुवै टोलीलाई जित निकाल्न भने सहज छैन । घरेलु मैदान र दर्शकको साथले नेपाललाई केही फाइदाँ देखिन्छ भने प्रशिक्षकको आक्रामक रणनीति नेपालका लागि लाभदायक बन्नन सक्ने अनुमान गरिएको छ । त्यसो त दुवै टिमका कप्तानले जीत सहज नभएको बताइसकेका छन् ।

भारतसँग हुने मैत्रिपूर्ण खेलमा नेपाली टोली जितका लागि खेल्ने नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताइरीले नेपाल भारतविरुद्ध जित्नको लागि खेल्ने दावी गरेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने दुई मैत्रिपूर्ण खेल अन्तर्गत नेपालले पहिलो खेल भोली खेल्न  लागेको हो । नेपालका लागि ७३औं खेल खेल्न लागेको नेपाली टोलीका कप्तान किरण चेम्जोङले नेपाली खेलाडी मानसिक र शारिरिक हिसाबमा तयार टोली तयार भएको बताए ।

यस्तै भारतीय टोलीका मुख्य प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले घरेलु टोली नेपालविरुद्धको मैत्रिपूर्ण खेल सहज नहुने बताएका छन् । प्रशिक्षकले जस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रिले नेपाल जहिले पनि नेपाल बलियो प्रतिद्वन्द्वी भएको तथा टोलीमा केहि परिवर्तन देखिएपनि नेपालसँगको खेल चुनौतीपूर्ण रहेको बताए ।

भारतीय टोलीका प्रशिक्षक इगोरले पनि कोरोनाका कारण उत्पन्न कठीन परिस्थितिमा पनि मैत्रीपूर्ण खेलको अवसरका लागि खुसी रहेको भन्दै साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेलले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।

नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएका छन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *