ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्वोच्चको फैसला : अब काका ससुराले पनि मिर्गौला दिन सक्ने

काठमाडौं, भदौ १६ । सर्वोच्च अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गरेको छ ।

सर्वोच्चले मानव अंग प्रत्यारोपण ऐनको फराकिलो व्याख्या हुनुपर्ने भन्दै काका ससुराबाट पनि मिर्गौला दान लिन सक्ने जनाएको छ । फैसलाको पुर्णपाठ तयार नभएकाले सक्षिप्त आदेश गर्दै सर्वोच्चले यस्तो व्याख्या गरेको हो ।

मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीलाई भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काका ससुरा नजिकको नातेदारमा नपर्ने भन्दै मिर्गौला प्रत्यारोपण गर्न रोकेको थियो ।

अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने बताएको थियो । सर्वोच्चले काका ससुरालाई पनि समावेश गराउन सकिने फैसला गर्दै यो बाटो खोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *