ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा १ करोड भन्दा बढीले लगाए कोरोना विरुद्धको खोप

काठमाडौं, भदौ १७ । नेपालमा कोरोना विरुद्ध खोप लगाउन माघबाट सुरु गरीएङ्को थियो । जसमा हालसम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म १ करोड ९२ हजार १ सय ६४ जनाले पहिलो र दोश्रो मात्रा खोप लगाइएको छ ।त्योमध्ये ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो मात्रा अर्थात कूल जनसंख्याको १७ दशमलव ९ प्रतिशत हो ।

सरकारले खोप लगाउन लक्षीत गरेको ७१ दशमलव ६ प्रतिशत अर्थात २ करोड १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य राखेको छ ।४६ लाख ६७ हजार ३ सय २८ अर्थात १५ प्रतिशतले पूर्ण डोज खोप लगाएका छन् ।

सरकारले अहिले एस्ट्राजेनेका कोभिसिल्ड समेत, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप प्रयोगमा ल्याएको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ५ अर्बभन्दा बढी मानिसले विश्वमा कोभिडविरुद्धको खोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *