ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारतको उत्तर प्रदेशमा अज्ञात रोगका कारण ५० भन्दा बढीको मृत्यु

काठमाडौं, भदौ १६ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार भारतको उत्तर प्रदेशमा अज्ञात रोगबाट ५० जनाभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांका बालबालिका रहेका छन् ।

उनिहरुमा उच्च ज्वरो आउने र पसिना आउनेजस्ता लक्षण देखिएको थियो । भने धेरैले टाउको दुख्ने, शरीरमा कमजोरी हुने र वाकवाकी लाग्नेजस्ता समस्या रहेको बताएका थिए । केही बिरामीको हात र खुट्टामा बिमिरा समेत आएको बताएका छन् । उक्त अज्ञात रोगबाट अहिले सयौं मानिस अस्पतालमा भर्ना भएका छन् ।

उत्तर प्रदेशको पूर्वी ६ जिल्लामा यसको प्रकोप फैलिएको समाचारमा उल्लेख गरेको छ । अहिलेसम्म यो रोगबाट मृत्यु हुने कसैमा पनि कोरोना संक्रमण भने पुष्टि भएको छैन । हालै मात्र भारत कोरोनाको दोस्रो लहरबाट बिस्तारै बाहिर आउँदै गरेको अवस्थामा उत्तर प्रदेशमा अर्को प्राणघातक रोग देखिएको हो ।

यो समस्या देखिएको जिल्लाका डाक्टरहरुले मृत्युको कारण लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको संक्रमण हुन सक्ने बताएका छन् । पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोग विश्वका एक सयभन्दा धेरै मुलुकमा देखिइसकेको छ, तर यसका ७० प्रतिशतभन्दा धेरै संक्रमित एसियामा भेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *