ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गाभीले नेपाललाई १ लाख फाइजर खोप अनुदानमा दिने

काठमाडौ,भदौ १६ l एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेसन गाभीले नेपाललाई एक लाख डोज फाइजर खोप अनुदानमा दिन लागेको हो।

गाभीले आगामी अक्टुबरमा फाइजर खोप उपलब्ध गराउने जनाएको छ।परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलका अनुसार गाभीले ट्याल स्वरुप उपलब्ध गराउन बताए ।

भने यो खि माइनस ७० डिग्रि तापक्रममा राख्नु पर्ने भएकोले खोप भण्डारणका लागि नेपालमा भौतिक पूर्वाधार नभएकाले युनिसेफले खोप आउनुअघि रेफ्रिजेनेटर उपलब्ध गराउने बताए ।

फाइजर खोप अन्य खोपभन्दा फरक भएकाले उक्त खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनुपर्ने हुन्छ। नेपालले ६० लाख डोज फाइजर र ४० लाख मोर्डना खोप खरीद गर्न लागेको छ।जुन खोप १८ वर्षमुनिका बालबालिकालाई उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले निणर्य गरिसकेको छ।

एक लाख डोजको ट्रयालसँगै थप खोप भण्डारणका लागि कोल्ड चेनको क्षमता बढाउने र बिस्तार गर्ने कार्य पनि अगाडी बढाइने बताइएको छ।नेपालमा १८ वर्ष मुनिका करिब ३४ लाख बालबालिका भएको अनुमान स्वास्थ्य मन्त्रालयको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *