ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हालसम्म ६७ हजार जनाले गरे खोप प्रमाणिकरण

काठमाडौं,भदौ १६ । कोरोना महामारी विश्वभर नै फैलिरहेको समयमा वैदेशिक रोजगार तथा कामको शिलशिलामा विदेश जाने नागरीकहरुलाई सम्बन्धित देशले खोप लगाएको प्रमाण मागेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१ गतेदेखि खोप प्रमाणीकरण गर्न सुरु गरेको छ।

हालसम्म ६७ हजार व्यक्तिले कोभिड खोप प्रमाणीकरण गराएका छन्।
मंगलबारसम्म ७४ हजार व्यक्तिले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखेरले जनाकारी दिए। उनले बाँकी ७ हजारको आजसम्म प्रमाणीकरण भइसक्ने बताए।

अनलाइन फारम भरेपछि फारम भेरीफाइज्ड गरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ। जसको अनलाइन फारम भर्दा कुनै प्रमाण नपुगेको वा अन्य ऋटी भएमा परिवार कल्याण महाखाशामा आई समाधान गर्नुपर्ने हुन्छ।

महाशाखाले अनलाइन फारमको भेरीफाइज्ड गर्न २२ जना कर्मचारी खटाएको छ। यो काम अब निरन्तर हुने भएकाले हामीले कर्मचारी व्यवस्थापनका लागि आवश्यक बजेट समेत माग गरेका बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *