ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा, एमाले छाडेर माधवलाई साथ


मकवानपुर,भदौ १६ l बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन्।नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् l

प्रदेशसभाका १२ सदस्यले मंगलबार  निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए l(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *