ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक हप्तामै मुख्यमन्त्री आचार्य अल्पमतमा, दश सांसद नेकपा एकीकृत समाजवादीमा

विराटनगर, भदौं १६ । प्रदेश १ मा नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेका मुख्यमन्त्री भिम आचार्य अल्पमतमा परेका छन् ।

बुधबार निर्वाचन आयोगको प्रादेशिक कार्यलयमा पुगेर १० सांसद एकीकृत समाजवादीमा सनाखत गरे पछि मुख्यमन्त्री बनेको एक हप्तामै आचार्य अल्पमतमा परेका हुन् एकीकृत समाजवादी रोज्नेमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् ।

माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । ९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद थिए । १० जनाले नयाँ दल रोजेपछि एमालेमा ४१ सांसद मात्रै हुनेछन् ।

प्रदेश १ मा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलमा १–१ जना सांसद छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *