ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

थप ५ जना सहित हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई नेपाल आइपुगे

काठमाडौं, भदौ १६ । तालिवानले अफगान कब्जा गरेसंगै अफगानिस्तानबाट थप ५ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानबाट उद्धार भई आज ५ जना नेपाली काठमाडौं फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो संगै हालसम्म कूल ८३३ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई नेपाल आइपुगेको मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ । अमेरिकि सेनाले झण्डै २० वर्ष शासन गरेको अफगानिस्तानमा तालिवानीले कब्जा गरेसंगै तालिवान त्राहिमाम बन्दै गउको छ ।

हाल अफगानिस्तानबाट बाहिरिने नागरिकको लर्को छ । अफगानिस्तान नागरिकले समेत देश छोडिरहेका छन् । अमेरिकि सेनाले समेत काबुल विमानस्थल छोडेसंगै अफगानिस्तानमा तालिवानिले खुसियाली मनाएका छन् ।

अफगानको काबुलमा उद्धारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भैरहेको पनि मन्त्रालयले जनाएको छ । आगमन पश्चात कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्ड अनुसार कोभिड १९ परीक्षण लगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *