ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज काठमाडौं उपत्यका र आसपास क्षेत्रमा अपराह्नतिर भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ १६ । आज काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा अपराह्नतिर भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशभर सामान्य बदली रही केही स्थानमा सामान्य वर्षा भइरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज राती प्रदेश – १ का एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा देशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *