ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काभ्रेपलाञ्चोक जिल्लामा आजदेखि भदौ २५ गतेसम्म ‘मिक्स लकडाउन’

काभ्रेपलाञ्चोक, भदौ १६ । काभ्रेपलाञ्चोक जिल्लामा यसैबीच जिल्लामा आजदेखि यही भदौ २५ गतेसम्म ‘मिक्स लकडाउन’ थप गरिएको छ ।

हाल जिल्लामा सङ्क्रमणदर घटेको देखिए पनि गम्भीर बन्नुपर्ने अवस्था यथावत नै रहेको भन्दै प्रशासनले निषेधाज्ञा लम्ब्याइएको जानकारी दिएको छ। पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ।

प्रशासनद्वारा मङ्गलबार थपिएको निषेधाज्ञाअनुसारयसअघिका निर्णयलाई यथावत राख्दै विवाह, व्रतवन्ध तथा सामाजिकरूपमा गरिने सांस्कृतिक कार्यक्रम होटल तथा पार्टीप्यालेसमा विद्यालयमा भौतिकरूपमा शैक्षिक गतिविधि नगर्ने निर्णय भएको छ ।

पसल बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *