ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सभापतिको एकल उमेद्वारको खोजिमा पौडेल पक्ष

काठमाडौं भदौ १६ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि पौडेल पक्षले एकल सभापति उठाउने भने पनि आकाङ्क्षीहरु धेरै हुदाँ को सभापतिको उमेद्वार बन्ने टुङ्गो लाग्न सकेको छैन ।

पौडेल पक्षमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा उमेद्वारी दिने जनाउदैं आएका छन् ।

मंगलबार बसेको पौडेल पक्षको छलफलमा एकल उमेद्वार उठाउने विषयमा छलफल भएको र आजको छलफलबाट कस्लाई उमेद्वार बनाउने टुंग्गो लगाउने नेताहरुको भनाई छ ।

१३ औं महाधिवेशनको पराजयको वदाला लिनलाई भएपनि एक ठाँउमा हुनु पर्नेमा एकमत भएपनि चार जनामध्ये को सभापति बन्ने भन्ने मिलाउन भने धौ धौ देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *