ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सभामुख,अदालत र निर्वाचन आयोगमाथी ओलीको कटाक्ष

काठमाडौं,भदौं १५ । काठमाडौं भदौं १५ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओली सभामुख माथी पुन खनिएका छन् ।

नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क समितिको कार्यक्रममा ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई भिरमा लागेको आरोप लगाएका हुन् ।

यसअघि पनि सभामुख विरुध खनिएको भन्दै आलोचना भएकै समयमा मंगलबार ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला र भीरको बाटो हिँडेको टिप्पणी गरेका हुन्।उनले निर्वाचन आयोग र अदालतमाथी समेत प्रश्न उठाएका छन् ।

ओलीले भने -‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ।राजमार्गबाट सभामुख हिँड्न मान्दैनन्।बाटाबाट हिँड्न मान्दैनन्।कान्ला–कान्ला,भीरभीर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानूनको राजमार्ग छ त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ।

सम्मानित अदालतको कुरै नगरौँ।त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ,’एमालेले सुसदमा ह्विप उलङघन गरेको भन्दैं १४ सांसदलाई कारवाहीको पत्र सभामुख समक्ष पेश गरेको थियो।तर संसद सचिवालयले नयाँ पार्टी खोलीसकेको भन्दैं कारवाही नहुने जनाएपछि एमाले र सभामुख विच दुरि बढ्दो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *