ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मौसममा सुधार निरन्तरको भारी वर्षाको सम्भावना टर्यौ

काठमाडौं,भदौ १५ । तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा दक्षिणतिर सरेकाले निरन्तर वर्षाको सम्भावन टरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ l

विगत केही दिनदेखि सक्रिय रहेको मनसुन कमजोर भई मंगलबारबाट मौसममा सुधार भएको छ।नेपालको तराई भूभाग नजिक रहेको मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतिर सरेकाले अब केही दिन मनसुन कमजोर रहने भएकाले निरन्तरको भारी वर्षाको सम्भावना टरेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण बिहानपख मौसम सफा हुने तथा मध्याह्नतिर बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेने महाशाखाले बताएको छ ।

आज राती देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै वाग्मती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। बुधबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना औँल्याएको छ ।

बिहिवार देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै प्रदेश नं १,बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *