ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौंमा थुप्रीएको फोहोरका कारण विभिन्न संक्रामक रोग फैलिन सक्ने

काठमाडौं, भदौ १५ । काठमाडौंमा दुइ सातादेखि फोहर नउठदा फैलिन थालेको दुर्गन्धका कारण विभिन्न संक्रमणको जोखिम बढेको छ । ठाँउ ठाँउमा जम्मा भएको फोहरको डंगुर निरन्तरको बर्षाले बगाएर धेरै तिर लैजादा पानीजन्य रोगको प्रकोप फैलिन सक्ने भन्दै सतर्क रहन विज्ञले सुझाएका छन ।

काठमाडौंमा दुई सातादेखि चोकचोकमा थुप्रिएको फोहोरको डंगुर नउठेपछि लगातारको झरीले फोहोर कुहिदा दुर्गन्ध फैलिन थालेको छ । एक ठाउमा कुहिएको फोहर पानीले विभिन्न ठाँउमा पुर्याउदा पानीजन्य रोगको महामारी समेत फैलिन सक्ने विज्ञहरु बताउछन ।

उपत्यका जस्तो अत्यधिक जनघनत्व रहेको क्षेत्रमा हप्तौसम्म फोहर नउठदा पानीजन्य रोग बढनुका साथै हैजाको महामारी फैलिन सक्ने चिकित्सकको भनाई छ । यस्तो अवस्थामा हैजा, जन्डिस, टाईफाइट, तथा झाडापखला , मुसाबाट लाग्ने स्क्रबटाइफस लगायत रोग फैलिन सक्ने भएकोले खानपान र सरसफाइमा सतर्क रहनुपर्ने सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुन बताउछन् ।बर्षातको बेला विभिन्न किसिमका संक्रामक रोग देखापर्नु स्वाभाविक रहेपनि जथाभावी रुपमा फालिएको फोहरका कारण थप संक्रमण हुने विज्ञहरु बताउछन ।

बेलैमा फोहोरको उचित ब्यवस्थापन हुन नसक्ने जनस्वास्थ्यमा ठुलो क्षति हुने भएकोले यसतर्फ नागरिकदेखि सरोकारवाला निकाय गम्भिर बन्नुपर्ने डा पुनको भनाई छ । कोरोना महामारीका कारण जनस्वास्थ्य प्रणाली प्रभावित भैरहेको बेला स्थानीय तहको लापरबाहिका कारण थुप्रिएको फोहरको डंगुरले थप समस्या निम्तिने देखिन्छ । नागरिकको स्वास्थ्य जस्तो संवेदन शिल विषयमा स्थानीय तहको उदासिनताप्रति चौतर्फी आलोचना भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *