ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षीत सुधार हुन सकेन

काठमाडौं, भदौ १५ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार हुन नसकेको अस्पतालले बताएको छ ।

मंगलबार अस्पतालले आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख कर्पोरेट कम्युनिकेसन अफिसर सोमनाथ बास्तोलाले घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेपनि अपेक्षित सुधार हुन नसकेको बताए ।

तीन वर्षअघि अध्ययनका लागि भारत पुगेकी उनि सवारी दुर्घटनामा परेकी थिइन् । भारतमै केही समय उपचार भएपनि आर्थिक अवस्थाका कारण उनको परिवारले उनलाई नेपाल ल्याएको थियो।

केही समयदेखि अचेत अवस्थामा घरमै रहेकी उनको तस्वीर सार्वजनिक भएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले उनको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको थियो ।

निशाको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध भएसम्मका प्रविधि, सीप र विधिको प्रयोग गर्दा पनिस्वास्थ्यमा खासै सुधार नदेखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *