ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने

काठमाडौं, भदौ १५ । काठमाडौं उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ ।

काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकासहित सहित अन्य १६ वटा नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर नउठाउँदा शहरका सडक, गल्ली, चोक र नदी किनारमा सबैतिर फोहोरले भरिएपछी चारैतिर विरोध भएको छ ।

उक्त विरोध भएपश्चात काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।

शाक्यले प्रधानमन्त्री र विभिन्न निकायसँग अपील गरेर फोहोर उठाउने वातावरण बनाइएको बताएका छन् । स्थानीयहरुलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर काम हुने उनले बताए।

काठमाडौं जिल्ला प्रशासन, सडक विभाग, काठमाडौं महानगरपालिका र सुरक्षा निकाय संग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन सहित फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने गरी काम हुने महानगरले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *