ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तालीवानलाई आक्रमण गर्दैं अफ्गान छिरेको अमेरिका तालीवानले सरकार कब्जा लिएपछि फर्कियो

एजेन्सी, भदौं १५ । सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाले अमेरिकाको ट्वीन टावरमा आक्रमण गर्यो । सो घटनामा झन्डै तीन हजार मानिसको मृत्यु भएको थियो।

ट्वीन टावर आक्रमणका योजनाकार ओसामा विन लादेन अफ्गानीस्तानमा लुकेको ठहरसहित अमेरिकाले उनलाई बुझाउन अमेरिकाले आग्रह गर्यो तर अफ्गान सरकारले लादेन बुझाउन नमानेपछि अमेरिकाले काबुलमा आक्रमण थालेका थियो।

तालिवान सरकारले लानेद बुझाउन नमाने पछि आक्रमण गरेको अमेरिका पुन: तालीवानल सरकारकै समयमा स्वदेश फर्किएको छ । अमेरिकाले यसअघि तालिबानसँग दोहामा गरेको सम्झौतामा अगस्ट ३१ सम्ममा अफगानिस्तान छोडिसक्ने उल्लेख थियो।

सोही समय सीमा सकिनु एक दिनअघि अमेरिकी सेना फिर्ता गएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *