ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फोहोर बोकेर पैदलै काठमाडौंबाट सिस्डोलसम्म

काठमाडौं भदौं १५ । उपत्यकामा करिव दुई साता देखि फोहोर थुप्रन थालेको छ । बाटो विग्रिएको उपत्यकाले फोहोर नउठाएपछि सरकारको ध्यानाकर्षण गर्न भन्दैं अभिन्ताहरु फोहोर बोकेर सिस्डोल हिनेका छन् ।

दुई बर्षका लागि भनेर लिइएको सिस्डोलमा फोहोरको पहाड बनेको छ भने बन्चरे डाडाँमा कहिलेबाट फोहोर फाल्ने हो अझै टुंङ्गो छैन । काठमाडौं, ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटा स्थानिय तहको फोहोर करिव १६ बर्ष देखि नुवाकवटको सिस्डोलमा व्यवस्थापन गरिदैं आएको छ । २०६२ सालमा २ बर्षका लागि फोहोरो फाल्ने भनेपनि १६ बर्ष लगातार फोहोर फाल्दाँ सिस्डोल भरिएकोमात्र छैन पटक पटक महिनौं फोहोर उपत्यकामा थुप्रने गरेको छ। पछिल्लो दुई साता यता पुन; उपत्यकामा फोहोर थुप्रन थालेको छ ।

लगातारको बर्षाका कारण सिस्डोलमा बाटो विग्रिएका कारण फोहोर उठान समस्या भएको भन्दैं स्थानिय सरकार पन्छदैं आएका छन् । उपत्यकामा फोहोर थुप्रिदाँ सडक पेटीमा फोहोर थुप्रन थालेको मात्र छैन फोहोर जन्य रोगले महामारीकै रुप लिएलाकी भन्ने डर समेत बढेको छ । यस्तो अवस्थामा सरकारको ध्यानाकर्षण गर्न भन्दै अभियन्ताहरुले रत्नपार्कबाट फोहोर बोकेर सिस्डोलसम्म पुग्ने सरसफाई अभिन्ता राज मानवको भनाई छ ।

एकातिर सडक समस्याका कारण फोहोर उपत्यकामा थुप्रिएको छ भने अर्को तर्फ सिस्डोलमा फोहोर फाल्ने ठाउँ भरिएर पहाड बनेको छ । त्यही पहाडमा फोहोर थुपार्नु पर्ने बाध्यता छ । सिस्डोलको बिकल्प भन्दैं त्यहीबाट २ किलोमिटर पर नुवाकोट र धादिङको सिमामा निमार्णाधिन बन्चरेडाडा ल्याण्डफिल्ड साइड कहिले निमार्ण संपन्न हुने र प्रयोगमा आउने अझै अन्योलमा छ। यस्तो अवस्थामा सरकारलाई विकल्पको खोजीका लागि झक्झक्याउन फोहोर वोकेरै सिस्डोल हिनेको उनको भनाई छ ।

उपत्यकामा फोहोरको डङ्गुर बढ्दाँ शहर कुरुप बन्दै गएको छ भने अव्यवस्थित भण्डारले सिस्डोलको अवस्था पनि उस्तै छ । दुई बर्षका लागि भन्दैं लगातार १६ बर्ष देखि फोहोर फालेपनि विकल्पको समयमै व्यवस्थापन नगर्ने प्रवितिले महानगरको व्यवस्थापनलाई नै खिसि ट्युरी गरेको अभियन्ताहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *