ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मनसुन जन्य घटनाका कारण हालसम्म ९७ जनाको मृत्यु: अझै केही दिन वर्षा निरन्तर हुने

काठमाडौं,भदौ १४ । वर्षा अझै केही दिन निरन्तर रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। गण्डकी प्रदेश, लुम्बिनि प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको महाशाखाले बताएको छ ।

आगामी तिन दिन देशको अधिकांस भूभागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र लुम्बिनि प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।जारी वर्षा अझै केही दिन निरन्तर रहने मौसम विदको भनाई छ ।

आगामी २४ घण्टा देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनि प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुन जन्य घटनाका कारण विपद प्राधिकरणको १३ गतेसम्मको तथ्याङक अनुसार हालसम्म ९७ जनाको मृत्यु ४४ बेपत्ता १ सय ५ घाईते भएका छन्।

७ सय ८४ नीजि घर पूर्ण क्षती र १ सय ६९ घरमा आशिक क्षती पुगेको प्राधिकरणले बताएको छ।बाढि पहिरोबाट हालसम्म ६८ जिल्ला प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *