ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २२९५ जनामा कोरोना संक्रमण,१६ जनाको मृत्यु

काठमाडौं,भदौ १४ । स्वास्थ्य मन्त्रालयका अनुशार देशभरका प्रयोगशालाबाट गरीएको १६ हजार २ सय ३३ वटा नमूना परीक्षणमा थप २ हजार २ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप १६जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १० हजार ७ सय ३० जना पुगेको छ । मन्त्रालयका अनुसार प्रतिशतमा कोरोनाका कारण हुने मृत्युदर १ दशमलव ५ रहेको छ ।

‍देसभरबाट बितेको चौबीस घण्टामा १ हजार ८ सय ८ थपिएर हालसम्म निको हुने संख्या ७ लाख १४ हजार ५ सय २० पुगेको छ । कूल संक्रमितमध्ये निको हुने दर ९३ दशमलब ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभर संक्रिय संक्रमित संख्या ३५ हजार ८ सय ७४ जना रहेको छ भने क्वारेन्टिनमा ३ सय ३८ जना रहेका छन् । देशभर आइसियुमा ५ सय ६८ र भेन्टिलेटरमा १ सय ६० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *