ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लगातार भएको वर्षा रोकिएर काठमाडौं उपत्यकामा घाम लागेको

काठमाडौं,भदौ १४ । लगातार भएको वर्षा रोकिएर काठमाडौं उपत्यकामा सोमबार घाम लागेको छ।

निरन्तर ३/४ दिन देखि धुम्मिएको मौषम हट्दै काठमाडौँ उपत्यकामा घाम देखिएको छ।सोमबार कृष्ण जन्मअष्टमीमा उपत्यकामा पारिलो घाम लागेको छ।

जेठमा मनसुन भित्रिएसँगै वर्षा सुरु भएपछि उपत्यकामा सुरुवातमै निरन्तर वर्षाका कारण धेरै स्थानमा बाढी पहिरोको र धनजनको क्षती हुँदै आएको छ ।

मनसुनको सुरुवातमा जति मत्थरिएको मनसुन भदौको ६/७ गतेदेखी निरन्तर धुम्मिने र वर्षा भएको छ।हरेक दिन झरी पर्दै आएकामा पछिल्लाे समय पानी पर्ने क्रम घटदै गएसंगै उपत्यकामा घाम झुल्किएका छन्।

तर,मौसमविद्हरुले भने मनसुनी याममा पानी पर्ने,घाम लाग्ने क्रम जारी रहने बताएका छन्।मनसुनी वायुको प्रभाव अझै रहेकाले अझै ४ दिन सम्म पानी पर्ने समभावना भने रहेको महाशाखाले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *