ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगे

काठमाडौं,भदौ ९ । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखतको लागी प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय पुगिसकेका छन् ।

निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ । प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएको छ । सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *