ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुन्दर महानगरभित्रका चोकचोकमा फोहोरको चाङ

काठमाडौं, भदौ ३ । काठमाडौं उपत्यकामा झन्डै एक सातादेखि विभिन्न स्थानमा फोहोर व्यवस्थापन हुन सकेको छैन् ।

फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल पुग्ने सडक वर्षाले बिगारेपछि फोहोर व्यवस्थापनमा समस्या भएको महानगरले बताएको छ ।

कतै हफ्ता दश दिन त कतै महिनादिन सम्म नै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुन नसक्दा उपत्यकाबासीलाई समस्या पर्न थालेको छ । नयाँ बानेश्वर, शखंमूल, बत्तीसपुतलीलगायत सोह्रखुटटे डिल्लिबजार लगायत उपत्यकाका विभिन्न सडक र गल्लीहरुमा यतिबेला फोहोर थुप्रिएको छ ।

यसो हुनुमा मुख्य चोकहरुमा थुप्रिएको फोहोर उठ्न सकेको छैन उपत्यकाको फोहोर विसर्जन हुँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल पुग्ने सडक वर्षाले बिगारेपछि फोहोर व्यवस्थापनमा समस्या हुन थालेको महानगर बताउँछ ।

यसैबीच, नुवाकोटकै बन्चरे डाँडामा निर्माण भइरहेको फोहोर प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हुँदा अब फोहोर व्यवस्थापनमा देखिएको समस्या हल हुँदै जाने महानगरले बताएको छ ।

समयमै महानगरको फोहोर लिने गाडी नआएपछि स्थानीयले सडक किनारमै फोहोर फाल्न थालेका छन् । नागरिक भने कोरोना महामारि भन्दा फोहोरको दुर्गन्धले रोगक शिकार भईने चिन्तामा छन् ।

उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ  । तर अहिले दिनमा ५ सय मेट्रिक टनको हाराहारीमा मात्रै फोहोर उठिरहेको छ । यसरी उठाइएको फोहोर केही सिसडोल त केही टेकु ट्रान्सफर स्टेसनमा पुर्‍याउने गरिएको छ । विज्ञका अनुसार यसमा पनि ७० प्रतिशत कुहिने खालको फोहोर हुने गर्दछ ।

तर यसरी सबै फोहोर एकैप्रकृतिले व्यवस्थापन गर्ने र फोहोरनै नउठाउने समस्याले वातावारण नदि शहरको पर्यावरणमा नकारात्मक असर पुग्ने विज्ञको तर्क छ ।

कुहिने नकुहिने गरि व्यवस्थापन नगरेको महानगरले अहिले त फोहोरनै व्यवस्थापन गरेको छैन् । महानगरका अनुसार काठमाडौं महानगरबाट मात्र दिनमा १ सय ५० गाडी फोहोर सिसडोल पुग्नुपर्ने भए पनि अहिले मुस्किलले ५० गाडिले पनि फोहोर उठाएका छैनन् ।

गत जेठको पहिलो साता नै काठमाडौं उपत्यकाका २ महानगर र १६ नगरको फोहोर व्यवस्थापन हुने गरि बन्चरे डाँडा स्यानिटरी ल्यान्डफिल साइट हस्तान्तरण गर्ने भनिए पनि वर्षा र कोभिड–१९ का कारण हुन नसकेकोले समस्या आएको भन्दै महानगर तर्किन खोज्छ । तर नउठेकोऊ फोहोरले भने नागरिक समस्यामा परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *