ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारत र अफ्रिकामा कोरोना विरुद्धको नक्कली खोप भेटियो

काठमाडौं, भदौ २। विश्व सङ्गठन डब्लूएचओले भारतमा उत्पादित कोभिशील्डको नक्कली संस्करण भेटिएको पुष्टि गरेको हो ।

डब्लूएचओले नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट महिनाको बीचमा अधिकारीले बरामद गरेको विज्ञप्ती मार्फत जनाएको छ । नक्कली खोपले विश्व जनस्वास्थ्यलाई गम्भिर जोखिम पार्ने चेतावनी दिदै डब्लूएचओले खोप बितरण रोक्न आग्रह गरेको छ।

यद्यपी नक्कली खोप बरामद भएको बारेमा भने भारत सरकारले केहि बताएको छैन् । तर स्थानीय मिडियाका अनुसार स्वास्थ्य मन्त्रालयले त्यसमा अनुसन्धान थालेको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोपलाई भारतको सीरम इन्स्टिच्यूटले कोभिशिल्ड नाम दिएर उत्पादन गरिरहेको छ । अहिले सम्म यो खोपको ४८ करोड मात्रा सहित ५५ करोड भन्दा बढी मात्रा भारतीयमा लगाइएको छ । यस्तै सीरमले उत्पादन गरेको कोभिशिल्ड नेपाल सहित एशिया, अफ्रिका र दक्षिण अमेरिकी मुलुकमा कोभ्याक्स कार्यक्रम मार्पmत बितरण भएको छ ।

यद्यपि कोरोना संक्रमणको दोश्रो लहर भयावह बनेपछि भारतले मार्च महिना देखि खोप निर्यातमा रोक लगाउदाँ खोप आपुर्ती अवरुद्ध भइरहेको छ । यस्तै नेपालले सीरमसँग खरिद गरेको २० लाख मध्ये १० लाख मात्रा खोप पनि आउन बाँकी छ ।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १ सय ७८ संक्रमित थपिएका छन् भने ४ सय ४० जनाको ज्यान गएको छ । योसँगै भारतमा संक्रमित हुनेको संख्या तीन करोड २२ लाख नाघेको छ भने ४ लाख ३२ हजार भन्दा बढीको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *