ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जसपा लोकतान्त्रिक र साइकल चुनाव चिन्ह माग गर्दैं ठाकुर पक्ष निर्वाचन आयोगमा

काठमाडौं, भदौं २ । दलविहिन बनेको महन्त ठाकुर पक्ष नयाँ दलदर्ताका लागि निर्वाचन आयोग पुगेको छ ।

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवदेन लिएर आयोग पुगेको हो । सरकारले राजनीतिक दल सम्वन्धी अध्यादेश ल्याएसंगै ठाकुर समुह आयोग पुगेको हो । ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका गर्न लाग्दाँ ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरेको छ ।

नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *