ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पुन भयावह बन्दै कोरोना एकै दिन करिव ४ हजार संक्रमित थपिदाँ ३७ जनाको ज्यान गयो

काठमाडौं,साउन २१ । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमीत हुदाँ ३७ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस संक्रमीत हुदाँ कुल संक्रमितको संख्या ७ लाख ८ हजार ७९ पुगेको छ । त्यस्तै अहिलेसम्म तीमध्ये ९ हजार ९ सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१३ जना आईसीयू र १५८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *