ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संक्रमित संख्या बढ्दा काठमाडौंका अस्पतालहरुमा आसियु र भेन्टिलेटर अभाव

काठमाडौं,साउन २०। निषेधाज्ञा खुकुलो बनाएसँगैं कोरोना संक्रमण बढन थालेपछि उपत्यकाका अस्पतालहरुमा शैयाको अभाव हुन थालेको छ । गम्भिर प्रकृतीका विरामीको चाप बढेपछि आइसियु तथा भेन्टिलेटर अभाव हुन थालेको अस्पतालहरुले बताएका छन । यही गतिमा संक्रमण बढ्ने र मानिसहरुले स्वास्थ्यका मापदण्ड पालना गर्न हेलचक्राई गर्ने हो भने अस्पतालहरुमा बेर्ड पाउन मुस्किल हुने त्रीवि शिक्षण अस्पतालका छातिरोग विशेषज्ञ डा निरज बमले बताए ।

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंका अस्पतालहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । महामारीको दोस्रो लहरमा अस्पताल परिसर तथा आगनमा समेत विरामीको उपचार गरेको टेकू अस्पतालले संभावित जोखिमलाइ मध्यनजर गर्दै अहिले पनि अस्थाइ टहरा बनाएर उपचार शुरु गरेको जनाएको छ । संक्रमण तिब्र रुपमा बढिरहदा स्वास्थ्य मापदण्ड अपनाउन हेलचक्राइ गरे अवस्था निकै जटिल हुन सक्ने चिकित्सकहरु बताउछन ।

निषेधाज्ञा खुकुलो भएसँगै संक्रमितका साथै गम्भिर स्वास्थ्य समस्याका विरामी पनि बढेपछि साउनको दोश्रो सातादेखि आसियु र भेन्टिलेटरमा चाप बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप बास्तोला बताउछन् ।

त्यस्तै पाटन अस्पतालमा पनि आसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बिरामीको संख्या बढ्दो छ । भने आसियु शय्याहरु भरीरभराउ छन् । संक्रमण बड्दो अवस्थामा रहदा पाटन अस्पतालमा शैया भरिन थालेको र यहि क्रम निरन्तर रहे विरामीले पहिलेजस्तै वेड नपाउन सक्ने अवस्था आउन सक्ने कोरोना फोकल पर्शन डा बिमल पाण्डेले बताए ।

महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले वैशाख १६ गतेदेखी डेढ महिना कडा निषेधाज्ञा गरेको थियो । त्यस अवधिमा बिरामीको संख्या घट्दै गए पनि अपेक्षकृत रुपमा संक्रमण कम हुन सकेको थिएन । सरकारले परीक्षणका २० प्रतिशत भन्दा बढी संक्रमित पुष्टि भइरहे पनि असार पहिलो सातादेखि निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमित संख्या केही कमि देखिए पनि जोखिम भने कायमै थियो । तर साउन दोश्रो साता देखी संक्रमितको संख्या पुन बढेको छ ।

अनियन्त्रित भिडभाड,नारा जुलुसको कारण संक्रमण समुदायमा फैलिइसकेकाले संक्रमित अझै बढ्ने विज्ञहरुको बताइरहेका छन् । स्वास्थ्य मन्त्रालयले असोजसम्ममा तेस्रो लहर आउने अनुमान गर्दै स्वास्थ्य प्रणाली तयारी अवस्थामा राखेको बताएको छ । तर मन्त्रालयले आँकलन गरेको भन्दा अघि नै ठूलो क्षति हुन सक्ने विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *