ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माओवादी केन्द्रले कारवाही गरेका चार नेतालाई सांसद पदमा पुनर्बहाली गर्न सर्वोच्चले मानेन

काठमाडौं,साउन १८ । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद पुनर बहाली गर्न दायर गरेको मुद्दामा सर्वोच्चले सासद पद पुन बहाली गर्न अस्विकार गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले उनीहरूले माग गरेअनुसारको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

चार नेताले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर थिए ।

भट्ट कैलाली क्षेत्र नम्बर-४, रायमाझी अर्घाखाँची, साह रौतहट-३ र चौधरी कैलाली-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *