ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेलम्चीमा पुन बाढी

सिन्धुपाल्चोक,साउन १७ । सिन्धुपाल्चोकको मेलम्चीमा शनिवार पुन: बाढी आएको छ ।

विनाशकारी बाढी आएको डेढ महिनापछि मेलम्चीमा शनिबार राति पुनः त्यस्तै बाढी आएको हो ।

मेलम्ची खोलामा  राति करिब ९ बजेतिर काठ, दाउरा, ठूला ढुंगा र लेदो बगाएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार राति पौने ९ बजेबाट मेलम्ची नदीमा भीषण बाढी आएको हो। बाढी चनौटै, ग्याल्थुङ बजारमा बगिरहेको छ।

हेलम्बु, मेलम्ची, चौतारा अन्तर्गतका सबै ठाउँमा सुरक्षा निकाय परिचालित गरी तटीय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *